कानुनभन्दा माथि कोही छैन : गृहमन्त्री गुरुङ

१४ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नहुने बताउनुभएको छ । शनिबार बिहान पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पर्नुभएपछि सामाजिक सञ्जालमा लेख्नुहुँदै गृहमन्त्री गुरुङले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताउनुभयो ।

‘‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ’, उहाँले लेख्नुभएको छ, ‘‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’’
उहाँले अब देशले नयाँ दिशा दिने पनि बताउनुभएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours