आपसी तनाव कम गर्न अफगानिस्तान र पाकिस्तानलाई डब्ल्यूएचओको आह्वान

०३ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफगान तालिबान र पाकिस्तानबीचको तनाव कम गर्न आह्वान गरेको छ ।

अफगानिस्तान र पाकिस्तान बीचको तनावले जनताको स्वास्थ्य र जीवनका लागि खतरा निम्त्याउने डब्ल्यूएचओले भनेको छ ।

‘अफगानिस्तान र पाकिस्तानबीच बढ्दो झडपका कारण फेब्रुअरीको अन्त्यदेखि अफगानिस्तानमा कम्तीमा छ स्वास्थ्य केन्द्रहरू प्रभावित भएका छन्,’ डब्ल्यूएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

काबुलमा गृह मन्त्रालयद्वारा सञ्चालित ओमिद लागुऔषध पुनर्स्थापना केन्द्रमा रातभरि भएको आक्रमणमा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने कम्तीमा २५० जना घाइते भएका छन् । यी व्यक्तिहरूलाई लागुऔषधको लतको उपचारका लागि भर्ना गरिएको थियो ।

‘विश्व स्वास्थ्य संगठनले यी घटनाहरूको अनुसन्धान गरिरहेको छ । यद्यपि, बढ्दो द्वन्द्वले स्वास्थ्य प्रणालीमा थप दबाब दिइरहेको छ र कमजोर मानिसहरूको स्वास्थ्य र जीवनमा जोखिम बढाइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

डब्ल्यूएचओले सबै पक्षहरूलाई तनाव कम गर्न र शान्ति र स्वास्थ्यलाई प्राथमिकता दिन आग्रह गरेको छ । उसले भनेको छ, ‘शान्ति नै उत्तम औषधि हो।”

पाकिस्तानले काबुलमा रहेको लागुऔषध पुनर्स्थापना अस्पतालमा आक्रमण गर्दा सयौं मानिसको मृत्यु भएको आफगानिस्तानको आरोप छ।

पाकिस्तानले भने आफ्नो सेनाले काबुल र नान्गारहारमा रहेको अफगान तालिबान शासनको ‘आतंकवादलाई समर्थन गर्ने सैन्य अड्डाहरू’ मा आक्रमण गरेको दाबी गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours