३० फागुन, काठमाडौं । उत्तर कोरियाले उत्तर कोरियाबाट पूर्वी सागरतर्फ झण्डै १० ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ ।उत्तरले शनिबार पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको हो ।
ज्वाइन्ट चिप्स अफ स्टाफ (जेसीएस) ले यसबारे जानकारी दिएको बीबीसीमा समाचार छ ।उत्तर कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहेको बेला उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको समाचारमा उल्लेख छ ।जेसीएसका अनुसार मिसाइहरू उत्तर कोरियाको सुनान क्षेत्रबाट स्थानीय समयानुसार दिउँसो १ बजेर २० मिनेटमा प्रक्षेपण गरिएको थियो ।उत्तर कोरियाले प्रक्षेपण गरेको यो सालको यो तेस्रो ब्यालेस्टिक मिसाइल परीक्षण हो ।
यसअघि जापानको रक्षा मन्त्रालयले पनि शनिबार भएके प्रक्षेपणको पुष्टि गरेको थियो ।मन्त्रालयले आफ्नो आधिकारिक एक्स अकाउन्टमा भनेको थियो, ‘सम्भवत: एक ब्यालेस्टिक मिसाइल उत्तर कोरियाबाट प्रक्षेपण गरिएको छ ।’यद्यपि, उत्तर कोरियाका तर्फबाट मिसाइल परीक्षणबारे कुनै प्रतिक्रिया आएको छै्रन ।


+ There are no comments
Add yours