२९ फागुन, काठमाडाैँ । एप्पलको फोल्डेबल आईफोन यो वर्षको उत्तरार्धमा ४ः३ एस्पेक्ट रेसियो भएको फराकिलो भित्री डिस्प्लेको साथ लन्च हुने हल्ला छ। अब ब्लूमबर्गका मार्क गर्मनले एप्पलको आगामी फोल्डेबलमा सफ्टवेयर अनुभवको बारेमा नयाँ विवरणहरू साझा गरेका छन्।
गर्मनका अनुसार आगामी आईफोन फोल्डले आईप्याडओएसबाट प्रेरित मल्टिटास्किङ सुविधाहरू सहित धेरै आईओएस सुधारहरू ल्याउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
फोल्डेबलको भित्री डिस्प्लेले ‘आईप्याड–जस्तो लेआउट’ र साइड–बाइ–साइड एपहरूलाई समर्थन गर्ने अपेक्षा गरिएको छ। रिपोर्टले भित्री स्क्रिन लगभग आईप्याड मिनी जस्तै आकारको हुने बताएको छ भने एप्पललाई नयाँ आईओएस एप लेआउट र आईप्याड–शैली साइडबारहरू जस्ता नेभिगेसन इलिमेण्टहरू विकास गर्न प्रेरित गर्ने थप उल्लेख गरेको छ।
डिभाइसले आईप्याड जस्तै विन्डोड मल्टिटास्किङलाई समर्थन नगर्ने र आईप्याड एपहरू नचलाउने बताइएको छ। ठूलो डिस्प्ले र ट्याब्लेट–शैलीको इन्टरफेसको बावजुद, फोल्डेबलले अझै पनि आईओएस चलाउनेछ भने डिभाइसमा आईप्याडओएस २६ मा देखिने फुल डेस्कटप–जस्तो इन्टरफेसको सट्टा सरल मल्टिटास्किङ इलिमेण्टहरू हुने गर्मनले उल्लेख गरेका छन्।
रिपोर्ट अनुसार आईफोन फोल्डले भित्री स्क्रिनमा क्रिजलाई उल्लेखनीय रूपमा कम गर्न र टिकाउपन सुधार गर्न डिजाइन गरिएको नयाँ डिस्प्ले प्रविधि प्रयोग गर्नेछ। डिभाइसको कभर डिस्प्लेमा होल–पञ्च क्यामरा पनि हुने अपेक्षा गरिएको छ।
फोल्डेबलमा डुअल रियर क्यामरा सेटअप, भित्री डिस्प्लेमा होल–पञ्च क्यामरा र पावर बटनमा एकीकृत टच आईडी सेन्सर समावेश गरिएको बताइएको छ। हालैको हल्लाले एप्पलले आफ्नो पहिलो फोल्डेबललाई आईफोन अल्ट्राको रूपमा ब्रान्ड गर्न सक्छ भन्ने पनि सुझाव दिएको छ।


+ There are no comments
Add yours