डेडिकेटेड र ट्रङ्क लाइन विवाद: चैत १ गते पञ्चकन्या ग्रुपका उद्योगको सुनुवाइ हुँदै

२९ फागुन, काठमाडाैँ । विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल बक्यौताका सम्बन्धमा विद्युत् नियमन आयोगले आगामी चैत १ गते विशेष सुनुवाइ गर्ने भएको छ। आयोगका अनुसार सो दिन पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलको निवेदनमाथि केन्द्रित रहेर छलफल र निर्णय हुनेछ।

नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको महसुल अन्यायपूर्ण रहेको भन्दै उद्योगीहरूले त्यसलाई खारेज गर्न र क्षतिपूर्ति दिलाउन माग गर्दै आयोगमा आवेदन दिएका थिए। कानुनी व्यवस्था अनुसार महसुलसम्बन्धी विवादको सुरुवाती सुनुवाइ नियमन आयोगले गर्नुपर्छ र आयोगको फैसलामा चित्त नबुझेको खण्डमा मात्र उद्योगीहरूलाई अदालत जाने बाटो खुल्छ।

आयोगले चैत १ गतेको सुनुवाइका लागि निवेदनकर्ताका कानुन व्यवसायी र विद्युत् प्राधिकरणका कानुन विभागका तीनजना अधिकारीहरूलाई उपस्थित हुन निर्देशन दिएको छ। आयोगले प्रचलित नियम, कानुन र यसअघिका नजिरहरूलाई आधार मानेर यो विवाद निरुपण गर्ने जनाएको छ। ऊर्जा क्षेत्रको नियामक निकाय भएकाले आयोगको यो फैसलालाई निकै चासोका साथ हेरिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours