रामेछाप बस दुर्घटना : मृत्यु हुने १२ मध्ये ११ जनाको पहिचान खुल्यो

२८ माघ, काठमाडौँ। रामेछापको मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार बिहान बस खस्दा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन् ।

दुर्घटनामा परी केही यात्रु अझै हराइरहेको आशंका गरिएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण हालसम्म प्राप्त नभएको जनाइएको छ । घाइतेहरूको धुलीखेल र काठमाडौंमा उपचार भइरहेको छ ।

सामान्य घाइते भएका चालकलाई भने उपचार पछि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

मन्थली नगर अस्पतालका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म पहिचान खुलेका व्यक्तिहरू यसप्रकार रहेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours