दुर्घटनास्थलबाट ६ जनाको उद्धार गरिएको छ । बसमा रहेका यात्रुको संख्या खुलिनसकेको प्रहरीले जनाएको छ ।
२७ माघ, काठमाडौं । काठमाडौंबाट रामेछापको धोबीहुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बस तामाकोशी नदीमा खसेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशी नदीमा यात्रुवाहक बस खसेको हो ।
प्रदेश ३ ०१-००५ख९९७५ नम्बरको बस दुर्घटनामा परेको खुलेको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए ।
बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उद्धार गरेर उपचारका लागि पठाइएको छ ।
थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


+ There are no comments
Add yours