१५ पौष, काठमाडाैँ। विश्वविख्यात अटोमोबाइल ब्रान्ड हुन्डाई मोटर कम्पनीले आफ्नो स्थापनाको ५७ औँ वार्षिकोत्सव मनाएको छ । सन् १९६७ मा स्थापना भएको यस कम्पनीले नवीनता, गुणस्तर र दिगो मोबिलिटी समाधानमार्फत विश्वभरका २०० भन्दा बढी देशमा आफ्नो पहिचान बनाएको छ ।
नेपालमा १३ वर्षको यात्रास् फेब्रुअरी २००९ देखि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हुन्डाईको आधिकारिक वितरकको रूपमा कार्यरत छ । हाल नेपालमा हुन्डाईका ४५,००० भन्दा बढी ग्राहकहरू रहेका छन् ।
हुन्डाई परिवारु कार्यक्रमस् ग्राहकसँगको सम्बन्ध सुदृढ बनाउन कम्पनीले यो विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ, जसअन्तर्गत विभिन्न प्रिमियम सुविधा र लाभहरू प्रदान गरिन्छ ।
नेपालमै एसेम्ब्ली प्लान्टस् हुन्डाईले मे २०२४ मा नवलपरासीमा आफ्नै सवारीसाधन एसेम्ब्ली प्लान्ट स्थापना गरी स्थानीय उत्पादन सुरु गरेको छ । यसले रोजगारी सिर्जना र स्वदेशी अटोमोबाइल उद्योगको विकासमा ठूलो योगदान पुर्याएको छ ।
कम्पनीले हालै आफ्नो ५७ वर्षे इतिहासमा १० करोड ९१०० मिलियन० गाडी उत्पादन गर्ने दुर्लभ सफलता समेत प्राप्त गरेको छ । प्रोग्रेस फर ह्युम्यानिटीु (मानवताका लागि प्रगति) भन्ने मूल मन्त्रका साथ अघि बढेको हुन्डाईले आगामी दिनमा अझ सुरक्षित, स्मार्ट र वातावरणमैत्री विद्युतीय सवारीसाधन (EV) मा जोड दिने लक्ष्य राखेको छ ।


+ There are no comments
Add yours