अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

२७ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ३७ पैसा र बिक्रीदर १४४ रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ ।

यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ २४ पैसा र बिक्रीदर १६९ रुपियाँ ९५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपियाँ ०२ पैसा र बिक्रीदर १९३ रुपियाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपियाँ ४८ पैसा र बिक्रीदर १८२ रुपियाँ २४ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ १९ पैसा र बिक्रीदर ९६ रुपियाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ९१ पैसा र बिक्रीदर १०५ रुपियाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ७५ पैसा र बिक्रीदर ११२ रुपियाँ २१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २६ पैसा र बिक्रीदर नौ रुपियाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ४६ पैसा र बिक्रीदर २० रुपियाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ४७ पैसा र बिक्रीदर ३८ रुपियाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ६१ पैसा र बिक्रीदर ३९ रुपियाँ ७७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ३१ पैसा र बिक्रीदर ३९ रुपियाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ २१ पैसा र बिक्रीदर ३५ रुपियाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७८ पैसा र बिक्रीदर नौ रुपियाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ५३ पैसा र बिक्रीदर १५ रुपियाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६६ पैसा र बिक्रीदर २२ रुपियाँ ७५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५४ पैसा र बिक्रीदर १८ रुपियाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपियाँ ५८ पैसा र बिक्रीदर ४७२ रुपियाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपियाँ ९७ पैसा र बिक्रीदर ३८४ रुपियाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपियाँ ९८ पैसा र बिक्रीदर ३७६ रुपियाँ ५४ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours