भन्सार विभाग र एजेन्टहरूबिचको वार्ता निष्कर्षविहीन, भोलि पनि भन्सार नखुल्ने

२३ मंसिर, काठमाडौँ । भन्सार विभाग र एजेन्टहरूबिचको वार्ता निष्कर्षविहीन भएको छ । विभिन्न माग राखेर आजदेखि सबै भन्सार कार्यालयको भन्सार जाँच पास प्रक्रिया ठप्प पारेको महासङ्घसँग विभागका पदाधिकारीहरूले दिउँसो ३ बजे वार्ता गरेका थिए ।

महासङ्घले भन्सार ऐन २०८२ मा भएको प्रावधान र उत्पन्न समस्या र भन्सार नियमावलीमा समेट्न सकिने विषय वस्तु तथा अन्य समस्या समाधानका सम्बन्धमा छलफल भएको थियो । छलफल सकारात्मक ढङ्गले अघि बढेको जनाइएको छ ।

भोलि पुनः छलफल गर्ने गरी आजको बैठक टुङ्गिएको भन्सार स्रोतले जनाएको छ । विभागका पदाधिकारीहरूले भन्सार घोषणालाई निरन्तरता दिँदै वार्तामा बस्न माग गरे पनि महासङ्घले त्यसलाई अस्वीकार गरेको छ ।

भोलि पनि भन्सार कुनै पनि भन्सार एजेन्टले भन्सार मूल्य घोषणा नगर्ने महासङ्घले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours