वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने

१५ असाेज, काठमाडौँ । वेष्ट इन्डिजविरुद्धको खेलमा सन्दीप लामिछाने निलम्बनमा परेको खुलेको छ ।

नेपाल क्रिकेट सङ्घका सचिव पारख खड्काले एक विज्ञप्ति जारी गर्दै सन्दीप निलम्बनमा परेको हुँदा अन्तिम दुई खेल खेल्न नपाएको जानकारी दिएका छन् ।

पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट पहिले स्वयम सन्दीप लामिछानेले खेल नखेल्ने निर्णय गरेको विज्ञप्तिमा जानकारी गराइएको छ ।

टिम म्यानेजरको सिफारिसमा पहिलो खेलपछिका दुई खेलभन्दा अघि उनलाई निलम्बन गरिएको क्यानले प्रस्टीकरण दिएको छ ।

तर उनी अर्को सातादेखि ओमनमा हुने विश्वकप छनोटमा भने सहभागी हुने भएका छन् ।

नेपाल क्रीकेट संघ (क्यान) ले सन्दीपले अनुशासन उल्लंघन गरेको भन्दै वेष्ट इन्डिजविरुद्धको दुई खेलमा निलम्बन गरेको जनाएको थियो ।

तर, अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने आईसीसी टी-२० विश्वकप एसियारइएपी छनोटमा सन्दीप सहभागी हुने क्यानले जनाएको छ ।

नेपाली १६ सदस्यीय टिम ओमान प्रस्थान गरेको छ । उक्त टिममा सन्दीप पनि छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours