०५ असाेज, काठमाडौँ । नेपालमा बढ्दो भ्रष्टाचारको बिरोध र सुशासन कायम गर्ने पवित्र उदेश्य जेन जी पुस्ताले आयोजना गरेको गत भदौ २३ गतेको बिरोध कार्यक्रम अराजकतामा परिणत भइ देशमा ठुलो जन धनको क्षति भयो । देशका राष्टिय गौरवका सम्पदाहरु , न्यायीक धरोहरहरु , प्रशासनीक केन्द्रहरु , व्यक्तिगत सम्पतीहरु र देशको रोजगारी र राजस्वमा महत्त्वपूर्ण टेवा पुर्याइ रहेका व्यापारीक केन्द्र र उधोगहरु खरानीमा परिणत भए । युवा मनोभावनालाइ दुरुपयोग गरी घुसपैठ गरी अपराधीक समुहले देशको अस्मिता माथिनै प्रहार गरे । देशका सुरक्षा निकायहरु बे खबर थिए वा गराइए । लोकतान्त्रिक र संबैधानिक प्रक्रियावाट बनेको सरकार बिस्तापित गरियो यी सबै किन र कसकालागी गरिए समयान्तर संगै अवस्य पर्दाफास हुनेनै छ्न् ।
यहाँ उल्लेख गर्न खोजेको मुख्य विषय भ्रष्टाचार र सुशासनको हो । मान्छे स्वभावतः आत्म केन्द्रित हुन्छ । आफु र आफ्नो वरपरका मात्रै हैन् काल्पनिक संसारका सबै सुख सुबिधा र साधन श्रोतहरुमा आफनै नियन्त्रण खोज्छ । समाजवादी होस् या साम्यवादीको झन्डा बोकेर राजनीति गर्ने दलहरु हुन या ग्रामीण भेगमा बस्ने हौं या शहरमा बस्ने नागरिक वा अगुवाहरु जो सुकै होस् अधिकांसले अवसर पाउँदा कुनै न कुनै आर्थिक अनियमितता गरेकै भेटिन्छ । यो नेपाली समाजमा जकडिएर रहेको तितो यथार्थ हो ।
हाम्रो समाजका बौद्धिक भनिने व्यक्तीहरु मात्रै हैन धर्म र मानवतालाइ जोड्ने धार्मिक अभियन्ता हुन या शिक्षाक्षेत्रमा काम गरीरहेकाहरु जो अरुलाइ सदाचार र मितव्ययीताको पाठ सिकाउनेहरु हुन उनिहरु मध्ये अधिकांसले मौका पाउँदा घर टोल सामाजिक क्षेत्रमा आर्थिक घोटाला या पदिय दुरुपयोग गरेका छ्न । साधारण व्यक्ति होस या पदिय जिम्मेवारी लिएको व्यक्ति होस् आर्थिक रुपमा चोखा रहि पदिय जिम्मेवारीमा बे दाग भएर फर्किएका उदाहरण बिरलै मात्रै भेटिन्छन् ।
ब्यापारीक क्षेत्र होस या उद्योग होस् , धार्मिक क्षेत्र होस या परोपकारका नाममा खोलीएका प्रतिष्ठान हुन । नेपाली समाजमा भ्रष्टाचारको जालो व्यक्ति व्यक्ति सम्म पुगेको छ । अवसर पाउँदा एउटा चाउचाउ र बिस्कुट समेत लुटने नागरिकले बनेको हाम्रो सामाज अर्कोलाई दोष थोपरेर आफु चोखो बन्न खोज्छ। उसले आफु कहाँ छु?आफ्ना हात्तीभन्दा ठुला गल्तीहरु सबै बिर्सीएर अरुलाइ सदाचारको पाठ सिकाई रहेको छ । बिडम्बना ! समस्या यहीँनेर छ ।
बाहिरबाट हेर्दा भ्रष्टाचारको मुल समस्या
राजनीतिकदल,बिभिन्न तहका सरकार, प्रशासन , न्यायलयका कर्मचारीतन्त्रमा देखिन्छ । नागरिकको तारो यिनै अड्डा र निकायहरुमा केन्द्रित छ । ठेक्कापट्टा होस या सरकारी अनुदान हातपार्न सरकारी अड्डाहरुमा काम गराउन रिसवत (घुस) दिदाँ आपन्नो काम छिटो हुन्छ भन्ने मान्यतामा नेपाली समाज अभ्यस्त छ । दिनभर अनुत्पादक ठाउँमा समय खेर फाल्ने सेवाग्राही लाइनमा बसेर पालो अनुसार काम गराउँदा आफुलाइ दोस्रो दर्जाको नागरिक सम्झेर आफु अनुकुलका सोर्स र शक्तिकेन्द्रबाट दवाब र कर्मचारीलाइआर्थिक लेनदेन गरेर आफ्नो काम सम्पन्न गराएकोमा गर्व गर्छ । तेहि व्यक्ति वाहिर आएर भ्रष्टाचारको बिरोध गर्छ । तिनै कर्मचारी सुशासनको माला जपेर सरकार र राजनीतिक दलमाथि गालीको बर्षा गर्छन । सुशासनका लागी कतिपय नितिगत अस्पष्टताहरु सुधार गर्नुपर्ने छ । कानुनी प्रबन्धहरु गर्नुपर्ने छ । मुख्य कुरा जब व्यक्तिले राज्य र नागरिक प्रतीको दायित्वलाई आत्म देखीनै अनुसरण गर्द्छ, त्यतिबेला देशमा सुशासनको प्रत्याभुती आफैं हुनेछ । त्यसका लागी आम नागरिकहरु, बिभिन्न क्षेत्रमा काम गर्ने सबैले आ आफ्नो काम कर्तव्य अधिकार क्षेत्र भित्र रहेर पुरा गरेमा राजनीतिक र प्रशाशनिक क्षेत्रमा जकडिएर रहेको ब्यतिथि र भ्रष्टाचार आफैं निस्तेज भई सुशासन तर्फको हाम्रो यात्रा अझै अगाडि बढनेछ।
भ्रष्टाचार निर्मुल गर्न प्रतेक नागरिकहरले आ आफ्नो ठाउँबाट जिम्मेवारी पुरा गर्नुपर्ने छ । @highlight ।


+ There are no comments
Add yours