०१ असाेज, काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले साढे ८ अर्बको हाराहारीमा नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनमा २० वटा वाणिज्य बैंकहरुले ८ अर्ब ३८ करोड २९ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।
साउनमा सबैभन्दा धेरै नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ । बैंकले साउनमा ७८ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यस्तै, दोस्रोमा नबिल बैंकले ७१ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६३ करोड ४२ लाख ३० हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ८३ लाख, नेपाल बैंकले ५५ करोड २७ लाख रुपैयाँ, प्राइम बैंकले ५० करोड ४९ लाख, कुमारी बैंकले ४९ करोड २४ लाख, एभरेष्ट बैंकले ४८ करोड ३९ लाख, एनएमबि बैंकले ४६ करोड ६७ लाख, हिमालयन बैंकले ४० करोड ८९ लाख र सिद्धार्थ बैंकले ४० करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
यसैगरी, लक्ष्मी सनराइज बैंकले ३९ करोड ४४ लाख, सानिमा बैंक ले ३९ करोड २ लाख रुपैयाँ, एनआइसी एशिया बैंकले ३१ कराेड ९३ लाख रूपैयाँ, प्रभु बैंकले ३० करोड २३ लाख रूपैयाँ, सिटिजन बैंकले २७ करोड २४ लाख, स्ट्याण्डर्ड चार्टर्डले बैंकले २७ करोड १६ लाख, माछापुच्छ्रे बैंकले २६ करोड ५२ लाख, नेपाल एसबीआई बैंकले १५ करोड ८९ लाख र कृषि विकास बैंकले ३७ लाख ५० हजार रुपैयाँ नाफा कमाएका छन् ।


+ There are no comments
Add yours