उच्च मूल्यबाट ७ सय घट्यो सुन, चाँदीमा नयाँ रेकर्ड

२९ भदौ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन शुक्रबार हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएकोमा आज सामान्य घटेको हो । आज सुनको भाउ प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनेको छ । चाँदी प्रतितोला २५७० रुपैयाँमा कारोबार भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours