२९ भदौ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन शुक्रबार हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएकोमा आज सामान्य घटेको हो । आज सुनको भाउ प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनेको छ । चाँदी प्रतितोला २५७० रुपैयाँमा कारोबार भएको छ ।


+ There are no comments
Add yours