शव व्यवस्थापन गर्न काठमाडौं महानगरले खटायो विशेष टोली

२७ भदाै, काठमाडौँ । काठमाडौं महानगरपालिकाले जेनजी आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौँसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पु¥याउन शव वाहनको व्यवस्था गरेको छ ।

महानगरपालिकाले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात् घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणका लागि विशेष टिम परिचालन गरेको हो ।

विशेष टोलीका सदस्यहरुमा जगदीश अर्याल, विज्ञान घिमिरे र ईश्वर वाग्ले रहेका छन् । महानगरपालिकाले पीडित परिवारलाई सहयोग गर्नका लागि सम्पर्क नम्बरहरू समेत उपलब्ध गराएको छ । महानगरले आवश्यक परेमा जगदीश अर्याल ९८५४०४५७०२, विज्ञान घिमिरे ९८५११३३९११ र इश्वर वाग्ले ९८४१२९७८६१ लाई सम्पर्क गर्न भनेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours