१९ भदौ, काठमाडौं । आज शेयर बजार एकोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेप्से ६ दशमलव ५५ अंकले घटेर २७ सय १९ दशमलव ७७ को बिन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेसंगै १ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ ।
आज दिनभरिमा ३१७ कम्पनीको १ करोड कित्ता माथिको शेयर किनबेच हुँदा ५ अर्ब १४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै बाराही हाइड्रोपावर कम्पनी लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.८३प्रतिशतका दरले गुमाएका छन् ।


+ There are no comments
Add yours