१४ भदाै, काठमाडाैँ । नेपालका कप्तान रोहित पौडेलले साउथ अस्ट्रेलियाविरुद्ध शतक पुर्याएका छन्। आज अस्ट्रेलियामा भएको साउथ अस्ट्रेलियनसँगको पहिलो एकदिवसीय खेलमा उनले आफ्ना शतक पुरा गरेका हुन्। उनले १०२ बलमा १०१ रन बनाएका हुन्।
साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा नेपालले २ विकेटको रोमाञ्चक जित निकालेको हो । शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २ सय ४३ रनको लक्ष्य ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कप्तान रोहितकुमार पौडेल ‘नायक’ साबित भए । उनले १०२ बलमा अविजित १०१ रनको शतकीय पारी खेले । टिम पटक–पटक संकटको अवस्थामा परे पनि रोहितले सुझबुझपूर्ण ब्याटिङ गर्दै नेपाललाई जित दिलाए ।
त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको साउथ अस्ट्रेलिया ४५ ओभरमा अलआउट हुँदै २ सय ४२ रनमा रोकियो । उसका लागि ह्यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए । यस्तै, दुवित हूगानबोजमले ५३ रन जोडे ।
रायन किङले ३५ तथा म्याकेन्जी हार्भेले २४ रनको योगदान दिए । नेपालका लागि बलिङतर्फ नन्दन यादव र सोमपाल कामी प्रभावकारी देखिए । नन्दनले पाँच ओभरमा १५ रन दिएर तीन तथा सोमपालले पाँच ओभरमा २१ रन दिएर तीन विकेट लिए ।
यस्तै, सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले एक/एक विकेट हात पारे ।


+ There are no comments
Add yours