गल्छीबाट १० किलो गाँजासहित एक जना पक्राउ

१३ भदौ, काठमाडौं । धादिङको गल्छीबाट प्रहरीले १० किलो लागुऔषध गाजासहित एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार दिउँसो १ बजेतिर गल्छी गाउँपालिका–६ स्थित कार्की डाँडातर्फबाट महेश दोभानतर्फ आउँदै गरेको जाँच गर्दा स्कुटरमा राखेर ल्याइएको १० किलो २४० ग्राम लागुऔषध गाजा प्रहरी टोलीले बरमद गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–९ नयाँ बस्ने २९ वर्षीय सञ्जय केसी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

पक्राउ परेका केसीमाथि धादिङ जिल्ला अदालतबाट ७ म्याद लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours