यी हुन् सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनी

०५ भदाै, काठमाडौं। साताको अन्तिम कारोबार दिन अर्थात् विहीबार सेयरबजारमा ५ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । यसमा आज टप १० ब्रोकरले मात्रै ३५ प्रतिशत हिस्सा ओगटेका छन् । आज नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७ अंक कायम भएको छ ।

आज सर्वाधिक सेयर कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । टप १० ब्रोकर कम्पनीमार्फत आज १ अर्ब ७६ करोडको बिक्री भयो भने १ अर्ब ७६ करोडकै खरिद भएको छ ।

आज सर्वाधिक खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, एबीसी सेक्युरिटिज, नेपाल स्टक हाउस र कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र श्रीहरि सेक्युरिटिज रहेका छन् । आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज ८१ करोड ८६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ३७.४१ प्रतिशत सेयर खरिद भएको छ भने ६२.५९ प्रतिशत सेयर बिक्री भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours