०१ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.१४ अंक घटेको छ ।
सो गिरावटसँगै २७६१ अंकमा कायम भएको छ । कारोबारका क्रममा ११ : २८ बजे नेप्से २८०३ अंकसम्म पुगेको थियो । त्यसपछि अन्तिमसम्म नै बजार निरन्तर ओरालोमा रह्यो । सेन्सिटिभ र फ्लोट सूचक पनि झरेका छन् ।
बजार घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ७३ करोडको भयो । ५८ कम्पनीको मूल्य बढ्दा १९१ को घटेको छ ।
कम्पनी सूचीकृत सबै समूहका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै १.६४ प्रतिशत घट्यो । अन्य १.३४, निर्जीवन बीमा ०.६८, माइक्रोफाइनान्स १.३१, उत्पादन तथा प्रशोधन १.००, जीवन बीमा ०.७१, लगानी ०.८३, हाइड्रोपावर ०.७७, होटल तथा पर्यटन ०.२१, फाइनान्स ०.९३, विकास बैंक ०.५१ तथा बैंकिङ १.०३ प्रतिशत घटे ।
अपर स्याङ्गे हाइड्रोपावरको ६.२९, कालिका पावरको ५.९६, अपर हेवाखोलाको ५.७६, मनकामना इन्जिनियरिङको ४.७०, नेपाल रिपब्लिक मिडियाको ४.०१ प्रतिशत मूल्य बढ्यो ।
सम्पदा लघुवित्तको ७.०६, ट्रेड टावरको ५.८८, ग्रिन डेभलपमेन्ट बैंकको ४.७९, एनआईसी एसिया बैंकको ४.६५, सान्भी इनर्जीको ४.४२, महिला लघुवित्तको ४.२९ तथा स्वेतगंगा हाइड्रोपावरको ४.०१ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, नेपाल रिपब्लिक मिडिया, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।


+ There are no comments
Add yours