बैंकिङ्ग प्रणालीमा निक्षेप र कर्जा प्रवाह दुवैमा गिरावट

२८ साउन, काठमाडौँ । बैंकिङ्ग प्रणालीमा निक्षेप र कर्जा प्रवाहमा गिरावट आएको छ । साउन २४ गतेको तुलनामा साउन २५ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ९ अर्ब रुपैयाँले घटेको छ भने कुल कर्जा लगानी ३ अर्ब रुपैयाँले खुम्चिएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ७२ खर्ब ३९ अर्ब रुपैयाँमा पुगेको छ ।

यस अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेर ६४ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पनि २ अर्ब रुपैयाँले घटेर ७ खर्ब ५४ अर्ब रुपैयाँ कायम भएको छ ।

निक्षेप संकलन सँगै कर्जा प्रवाहमा पनि संकुचन देखिएको छ । तथ्यांक अनुसार कुल कर्जा प्रवाह ३ अर्ब रुपैयाँले घटेर ५५ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन यस्तो लगानी ५५ खर्ब ८१ अर्ब रुपैयाँ थियो । यसमा वाणिज्य बैंकहरुको कर्जा लगानी ३ अर्ब रुपैयाँले घटेर ४९ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ भने अन्य वित्तीय संस्थाहरुको कर्जा प्रवाह ६ खर्ब २१ अर्ब रुपैयाँमा स्थिर रहेको छ ।

निक्षेप र कर्जा प्रवाह दुबै घटेको अवस्थामा कर्जा निक्षेप अनुपात भने सामान्य बढेको छ । अघिल्लो दिन ७६.०३ प्रतिशत रहेको सीडी रेसियो ७६.०७ प्रतिशत पुगेको छ । अन्तरबैंक ब्याजदर भने २.६८ प्रतिशतमा स्थिर रहेको छ ।काठमाडौँ । बैंकिङ्ग प्रणालीमा निक्षेप र कर्जा प्रवाहमा गिरावट आएको छ । साउन २४ गतेको तुलनामा साउन २५ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ९ अर्ब रुपैयाँले घटेको छ भने कुल कर्जा लगानी ३ अर्ब रुपैयाँले खुम्चिएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ७२ खर्ब ३९ अर्ब रुपैयाँमा पुगेको छ ।

यस अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेर ६४ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पनि २ अर्ब रुपैयाँले घटेर ७ खर्ब ५४ अर्ब रुपैयाँ कायम भएको छ ।

निक्षेप संकलन सँगै कर्जा प्रवाहमा पनि संकुचन देखिएको छ । तथ्यांक अनुसार कुल कर्जा प्रवाह ३ अर्ब रुपैयाँले घटेर ५५ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन यस्तो लगानी ५५ खर्ब ८१ अर्ब रुपैयाँ थियो । यसमा वाणिज्य बैंकहरुको कर्जा लगानी ३ अर्ब रुपैयाँले घटेर ४९ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ भने अन्य वित्तीय संस्थाहरुको कर्जा प्रवाह ६ खर्ब २१ अर्ब रुपैयाँमा स्थिर रहेको छ ।

निक्षेप र कर्जा प्रवाह दुबै घटेको अवस्थामा कर्जा निक्षेप अनुपात भने सामान्य बढेको छ । अघिल्लो दिन ७६.०३ प्रतिशत रहेको सीडी रेसियो ७६.०७ प्रतिशत पुगेको छ । अन्तरबैंक ब्याजदर भने २.६८ प्रतिशतमा स्थिर रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours