२६ साउन, काठमाडाैँ । अहिले काठमाडाैँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसले गर्दा देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ।
सोमबार दिनभर देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभाग तथा मधेश प्रदेशलगायत कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तै, राति पनि देशभर साधारणतया बदली रहनेछ। मधेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक/दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
सोमबार देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मधेस प्रदेश लगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
भारी वर्षा हुने स्थानमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन तथा देशभर मनसुनको प्रभाव रहिरहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाको अनुरोध छ ।


+ There are no comments
Add yours