हाँडिगाउँका सम्पदालाई पुरानै अवस्थामा फकाउँदैछौं : अध्यक्ष प्रजापती

२४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकास्थित हाँडीगाउँमा फल्चा उद्घाटन गरिएको छ ।

शनिबार एक कार्यक्रमअन्तर्गत फल्चाको उद्घाटन गरिएको हो । फल्चा काठमाडौं महानगरपालिका, वडा नम्बर ५, हाँडिगाउँको नरदेवमा फल्चा निर्माण गरी शुभारम्भ गरिएको हो ।

फल्चा उद्घाटन कार्यक्रममा बोल्दै कामनपा वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले सांस्कृति शहर, सुन्दर महानगर बनाउने नीतिअनुसार आफूहरू अघि बढेको र सोही नीतिअनुसार हाँडिगाउँमा फल्चा उद्घाटन गरिएको बताए ।

‘सांस्कृतिक शहर, सुन्दर महानगर बनाउने नीतिअनुसार अघि बढेका छौँ । हाँडिगाउँमा नेपालभर पहिलो मानव बस्ती यहाँबाट भएको इतिहास पाइन्छ,’ उनले भने, ‘हामी यसलाई जीवन्त दिने कोशिसमा छौँ । यो लिच्छिवीकालीन शहर हो । यहाँ भएका सम्पदा जुन अवस्थामा थिए, त्यही अवस्थामा फर्काउनुपर्छ भनेर लागेका छौँ ।’

उनले हाँडिगाउँ लिच्छिवीकालीन शहर भएकाले पनि यसको सम्पदा पुरानै अवस्थामा फर्काउने गरी आफूहरु लागिपरेको बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours