२२ साउन, काठमाडाैँ । दक्षिणी फ्रान्सको जंगलमा भीषण आगलागी भइरहेको छ।
बीबीसीका अनुसार औडे क्षेत्रको ला रिबोउटे गाउँनजिकै मंगलबारदेखि आगलागी भइरहेको हो।
अहिलेसम्म उक्त जंगलमा लागेको आगोले १३ हजार हेक्टर (५० वर्ग माइल) भन्दा बढी क्षेत्रफल जलाइसकेको छ।
आगलागीमा परेर एक वृद्ध महिलाको मृत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएको बताइएको छ।
आगलागीले धेरै घर नष्ट भएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन्।
आगलागी क्षेत्रमा १,८०० भन्दा बढी अग्नि नियन्त्रक र ५०० सवारीसाधन खटाइएको छ।


+ There are no comments
Add yours