२१ साउन, काठमाडौं । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) ले यस वर्षको “निसान शिक्षा रत्न सम्मान–२०८२” बाट बाल संसार माध्यमिक विद्यालयका शिक्षक श्री प्रसुन तिम्सिनालाई सम्मानित गरेको छ।
शिक्षा क्षेत्रमा निरन्तर समर्पण, उच्च पेशागत मूल्य र अनुकरणीय आचरण प्रस्तुत गर्दै शैक्षिक उत्कृष्टता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएका तिम्सिनाको योगदानलाई उच्च मूल्याङ्कन गर्दै निसानले यस वर्षको सम्मान प्रदान गरेको हो।
शिक्षक तिम्सिना लामो समयदेखि निसान अन्तर्गत आबद्ध विद्यालयमा कार्यरत रहँदै आएका छन्। उहाँले देखाएको सेवामूलक भावना, सृजनशीलता र प्रतिबद्धता समग्र शिक्षक समाजका लागि प्रेरणादायी रहेको निसानले जनाएको छ।
निसान परिवारले उहाँको उत्तरोत्तर प्रगति, दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै उक्त सम्मान प्रदान गरिएको जानकारी दिएको छ।


+ There are no comments
Add yours