कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ : सबैभन्दा बढी धानखेती हुने सुर्खेतमा भने ९५ प्रतिशत

२१ साउन, सुर्खेत । कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ पूरा भएको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशको ४१ हजार ४२ हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३९ हजार ५९४।९ हेक्टरमा रोपाइँ सकिएको हो ।

निर्देशनालयका निमित्त निर्देशक तिलकप्रसाद पाण्डेका अनुसार प्रदेशका १० जिल्लामध्ये जुम्ला, हुम्ला र डोल्पाले शतप्रतिशत रोपाइँ भएको छ । जुम्लामा २ हजार ८९० हेक्टर, हुम्लामा ५८५ हेक्टर र डोल्पाको १९८ हेक्टरमा रोपाइँ सकिएको छ ।

चार जिल्लामा रोपाइँ ९९ प्रतिशतको हाराहारीमा पुगेको छ । जाजरकोटमा सबैभन्दा बढी ९९।२ प्रतिशत रोपाइँ हुँदा सल्यान, मुगु र रुकुम पश्चिममा समान ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जाजरकोटमा २ हजार ६४५ हेक्टरमध्ये २ हजार ६२३ हेक्टर र सल्यानमा ६ हजार १३४ हेक्टरमध्ये ६ हजार ७२ हेक्टरमा रोपाइँ सकिएको हो । कालिकोटमा २ हजार ४६२ हेक्टरमध्ये ९८ प्रतिशत अर्थात् २हजार ४१२ हेक्टरमा रोपाइँ सकिएको छ ।

प्रदेशमा सबैभन्दा बढी धानखेती हुने सुर्खेतमा भने ९५ प्रतिशत रोपाइँ भएको छ । सुर्खेतमा कुल १४ हजार ९२१ हेक्टर क्षेत्रफलमध्ये १४ हजार १७४ दशमलव ९५ हेक्टरमा रोपाइँ सकिएको छ । दैलेखमा कुल ७ हजार ६२० हेक्टरमध्ये ७ हजार ८६ दशमलव ६ हेक्टरमा रोपाइँ भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours