नेशनल लघुवित्तको संस्थापक शेयर बिक्रीमा

२० साउन, काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले विद्यमान संस्थापक शेयधनीहरुका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ ।

संस्थाले विभिन्न १० जना संस्थापक शेयरधनीको नाममा रहेको जम्मा ९४ हजार ८७० कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ ।

साथै, संस्थाले तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने संस्थाले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours