१४ साउन, काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले नेपालमै पहिलोपटक ‘पीओएस मेशिन’ मार्फत भुक्तानी गर्दा ‘इन्स्ट्यान्ट ईएमआई’ सुविधा ल्याएको छ ।
यो सुविधा ग्राहले ठुलो खर्चलाई सानो मासिक किस्तामा विभाजन गरेर सजिलै तिर्न सक्ने प्रणाली हो । यो सुविधा छुट्टै आवेदन प्रक्रिया वा कुर्नुपर्ने झनझट बिना नै उपलब्ध हुनेछ ।
अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनै पनि व्यापारिक स्थानमा ‘एनआईएमबी पीओएस मेशिन’ मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी (ईएमआई) सुविधा प्रयोग गर्न सक्नेछन् ।
‘इन्स्टन ईएमआई’ सुविधाले ग्राहकलाई आर्थिक लचिलोपन प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई अझ सहज बनाउने बैंकको विश्वास छ ।यस सुविधाले विशेषगरी घरायसी सामान, विद्युतीय उपकरण, ग्याजेट, यात्राजस्ता सेवाहरू खरिद गर्न चाहने ग्राहकहरूलाई सस्तो मासिक किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्नेछ ।
सरल प्रक्रियामार्फत स्वचालित रूपमा शुरू हुने यो सुविधा, डिजिटल बैंकिङप्रतिको विश्वास र प्रयोगलाई थप सशक्त बनाउने विश्वास बैंकले लिएको छ ।


+ There are no comments
Add yours