वीरगञ्ज नाकाबाट २ हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात

०९ साउन, वीरगञ्ज । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा १ अर्ब ६४ करोड रुपैयाँ मूल्य बराबरका साना–ठूला दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट १ अर्ब ८० करोड ४५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज नाका हुँदै विद्युतीयभन्दा इन्धनबाट चल्ने सवारीसाधन बढी भित्रिएका छन् । गत आवमा १२ करोड ६ लाख रुपैयाँ मूल्य पर्ने १६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधनको आयातबाट १९ करोड ७४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए।

सोही अवधिमा ५१ किलोवाटदेखि १ सय किलोवाट क्षमताका १३ करोड ४ लाख रुपैयाँ मूल्य पर्ने ५० थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । १ सय १ किलोवाटदेखि २ सय किलोवाट क्षमताका २४ करोड ८० लाख रुपैयाँ मूल्य बराबरका ३६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । यो नाका हुँदै ४३ करोड २ लाख रुपैयाँ मूल्य पर्ने १ हजार ८२१ थान विद्युतीय मोटरसाइकल आयात भएका छन् ।

प्रमुख भन्सार प्रशासक लामिछानेका अनुसार १२ करोड ६ लाख रुपैयाँ मूल्य पर्ने २ सय १ किलोवाटदेखि ३ सय किलोवाट क्षमताका १६ थान विद्युतीय जिप, कार र भ्यान पनि आयात भएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours