०५ साउन, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.७६ अङ्क अर्थात ०.७५ प्रतिशतले बढेर २ हजार ८ सय ९२.७२ बिन्दुमा कामय भएको छ ।
आज विभिन्न ३११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर १ लाख ३८ हजार ८२८ पटक खरिदबिक्री हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २ सय ३८ बराबरको कारोबार भएको छ ।
सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह १.४२, लघुवित्त १.९३, निर्जीवन बीमा १.२७ र अन्य समूह १.८४ प्रतिशतले बढेको छ । बैंकिङ ०.४८, होटल तथा पर्यटन ०.३०, जलविद्युत् ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, म्युचुअल फन्ड ०.१९ र व्यापार समूह ०.४३ प्रतिशतले बढेको छ ।
थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ७५ करोड ६६ लाख ४६ हजार ३०७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै लक्ष्मी भ्यालु फन्ड–२ को १७ लाख ४६ हजार ७ सय ११ कित्ता शेयर किनबेच भएको छ ।


+ There are no comments
Add yours