२७ असार, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो च्यारिटी साइकल इभेन्ट ‘कोरा साइक्लिङ च्यालेन्ज’को १५औं संस्करण १९ जुलाईमा हुने भएको छ।
यसपटक नेपालका २० भन्दा बढी स्थानहरूसहित अष्ट्रेलिया, लाओस, क्यानडा, स्कटल्याण्ड, सिंगापुरलगायत देशहरूमा ५५०० भन्दा बढी साइकल यात्रीको सहभागिता रहने अपेक्षा गरिएको छ।
साइकलयात्रा काठमाडौंको पाटन दरबार स्क्वायरबाट बिहान ७:३० बजे सुरु हुनेछ। सहभागीहरूले २५, ५०, ७५, १००, र १६५ किलोमिटर दूरी रोज्न सक्नेछन्।
बालबालिकाका लागि २ किलोमिटरको साइकल यात्रा पनि आयोजना हुनेछ। सबै राइडहरू नागबहालमा पुगेर समाप्त हुनेछन्।
यस वर्षको मुख्य च्यारिटी उद्देश्य मेलम्चीको एक दोमवार समुदायमा सौर्य गृह प्रणाली जडान गर्नु हो। अन्य स्थानमा पनि विभिन्न सामाजिक अभियान सञ्चालन हुनेछन्।
सन् २०११ मा सोसल टुरद्वारा सुरु गरिएको यो कार्यक्रम हाल साइकल सिटी नेटवर्क नेपाल र पाङग्रो आउटडोर इभेन्ट्सको सह–आयोजनामा भइरहेको छ।


+ There are no comments
Add yours