२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सिफारिस गरेका कृषि उपज उत्पादन बढाउन प्रवाह हुने कर्जामा सहजी करण गर्ने भएको छ ।
राष्ट्र बैंक गभर्नर प्रा डा विश्वनाथ पौडेलले आगामी आवको मौद्रिक नीति सार्वजनिक गर्दै नार्कले सिफारिस गरेका जातका कृषि उपजहरूको उत्पादन अभिवृद्धि गर्ने उद्देश्यका लागि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा सहजीकरण गरिने बताएका हुन् ।


+ There are no comments
Add yours