सैन्य भर्ना तालिम लिइरहेका युवकको कोठाबाट पेस्तोल बरामद

२५ असार, काठमाडौं । दाङमा गोर्खा सैनिक भर्नाका लागि अभ्यास गराउने लोटर ट्रेनिङ सेन्टरको होस्टलमा बसेका एक युवकको साथबाट अवैध पेस्तोल बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार, त्यहाँ तालिमरत् १९ वर्षीय अजय विकले अवैध हतियार र गोली लुकाएर राखेको सूचना पाएपछि खटिएको टोलीले उनलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, वडा प्रहरी कार्यालय, घोराहीबाट प्रहरी निरीक्षक सुरज सिंहको नेतृत्वमा खटिएको टोलीले उनी सुत्ने खाटमुनि कालो रंगको झोलामा ०.३२ पेस्तोल बरामद गरेको थियो । त्यसमा लाग्ने ४ वटा गोली र म्याग्जिन समेत बरामद भएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours