१२ असार, काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘बहादुरीपूर्वक लडेको’ बताएका छन्।
बीबीसीका अनुसार नेटो बैठकका क्रममा ट्रम्पलाई सोधिएको थियो- इरानविरुद्धको प्रतिबन्ध हटाउने विचारमा हुनुहुन्छ कि?
जवाफमा उनले भने, ‘उनीहरूले (इरान) भर्खरै युद्धको सामना गरेका छन् र उनीहरूले बहादुरीपूर्वक लडेका छन्।’
‘यदि उनीहरू तेल बेच्न चाहन्छन् भने बेच्न सक्छन्। देश पुनर्निर्माण गर्न उनीहरूलाई पैसा चाहिन्छ।’
ट्रम्पले चीनले इरानबाट तेल किन्न सक्ने पनि बताए। ट्रम्पले अर्को हप्ता इरान र अमेरिकाबीच वार्ता हुने पनि बताएका छन्।
उनले भने, ‘हामी सम्झौता गर्न सक्छौँ। मलाई अहिले थाहा छैन। यो आवश्यक पनि छैन। उनीहरूले भर्खरै युद्ध लडेका छन् र उनीहरू (इरान) आफ्नो संसारमा फर्किएका छन्।’
‘मैले भनेँ कि इरानसँग आणविक हतियार हुन सक्दैन। तिनीहरू नष्ट भएका छन्। हामीले तिनीहरूलाई नष्ट गरेका छौँ।’


+ There are no comments
Add yours