०५ असार, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । बिहीबार सुन तोलामा ४०० रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदी प्रतितोला २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३७३.१४ अमेरिकी डलर र चाँदी ३६.७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


+ There are no comments
Add yours