०२ असार, काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले पोखराको होटल हिमालय सेरेन भ्युमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
पोखरा महानगरपालिका–३१ बेगनासतालस्थित होटल हिमालय सेरेन भ्यु र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीलाई होटलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतामा होटल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकले खाना र पेय पदार्थमा १० प्रतिशत साथै आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका हुन् ।


+ There are no comments
Add yours