नेपाल आउने पर्यटकको संख्यामा नयाँ कीर्तिमान, एक महिनामा भित्रिए झन्डै दुई लाख विदेशी

२५ जेठ, काठमाडौं । पछिल्लो एक महिनामा झन्डै दुई लाख पर्यटक नेपाल आएका छन् । सन् २०२५ को मे महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक नेपाल आएका हुन् ।

अध्यागमन विभागको तथ्याङ्कअनुसार मे महिनामा मात्रै नेपालमा १ लाख ९४ हजार ७५१ जना विदेशी पर्यटक भित्रिएका छन् । यो एक महिनामा नेपाल आउने पर्यटकको हालसम्मकै उच्च संख्या भएको तथ्यांकले देखाएको छ ।

यस अघि सन् २०२५ कै अप्रिलमा एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका थिए । अप्रिलपछि मे महिनामा नेपाल आउने पर्यटक ७८ हजार भन्दा धेरै बढेका छन् । पछिल्लो तथ्यांकका अनुसार नेपालको पर्यटनमा मे महिनाको तथ्यांकले विदेशी पर्यटक आगमनमा नयाँ रेकर्ड कायम गरेको छ । यसले पर्यटन क्षेत्रमा उत्साह थपेको छ ।

मे महिनामा १ लाख २८ हजार ९२६ पुरुष र ६५ हजार ७७१ महिला पर्यटक नेपाल आएको विभागको तथ्यांकमा उल्लेख छ । मे महिनामै नेपालबाट २ लाख ५० हजार ७३६ जना विभिन्न देशमा गएका छन् ।

विभागका अनुसार सन् २०२५ मा नेपाल आएका पर्यटक मध्य मार्च महिनामा १ लाख २१ हजार ६८७, फेब्रुअरीमा ९६ हजार ८८० र जनावरीमा ७९ हजार ९९१ जना रहेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours