हिमालयन बैंकको न्यूरोड शाखा अब ठमेलमा नयाँ शाखा सञ्चालन

२५ जेठ, काठमाडौँ । हिमालयन बैंकको न्यूरोड शाखा स्थानान्तरण भई ठमेलमा नयाँ शाखा सञ्चालनमा आएको छ ।

बैंकले नजिक भएका शाखा सञ्जालहरु मध्ये न्यूरोड शाखा–२ लाई स्थानान्तरण गरी काठमाडौँ महानगरपालिका वडा नं. २७, ठमेल, काठमाडौँ स्थित संचय कोष भवनबाट जेष्ठ २५ गते देखि ठमेल शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको हो ।

उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका छन् ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटिएम, ८ हजार भन्दा बढी पोस टर्निमल्स र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours