२१ जेठ, काठमाडौं । पाटन जेसीसको आयोजनामा दोस्रो मेयर कप खुल्ला ब्लिज रेटिङ्ग बुद्धिचाल प्रतियोगिता यही जेठ ३१ गते हुने भएको छ ।
ललितपुरको पाटन स्कूलमा हुने प्रतियोगितामा करिब २०० खेलाडीको सहभागिता रहने जनाइएको छ।
प्रतियोगितामा विजेताहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
विभिन्न समूह जस्तै अनरेटेड, इएलओ १७०० मुनि, १४, १२, १० वर्ष मुनिका बालबालिका, महिला, तथा वेष्ट पाभिलियन तर्फका उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कार दिइनेछ।


+ There are no comments
Add yours