यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

२१ जेठ, काठमाडौं। सरकारले मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेको छ।

बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्री गुरुङले असार ३ गते अष्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने बताए ।

यसैगरी, नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने, दश जना महासेनानीहरुको सरुवा गर्ने र एक जना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours