सभामुखले विपक्षीलाई भने- गृहमन्त्रीलाई सुनौं

२० जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले सदनमा गृहमन्त्री रमेश लेखकले संसदमा आफ्ना भनाइ राख्ने वातावरण बनाइदिन विपक्षी दलहरूलाई आग्रह गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा मागेर सदन अवरुद्ध पार्दै आएका छन् ।

गृहमन्त्री लेखकले आफ्ना कुरा सदनसमक्ष राख्ने भन्दै सभामुखसँग पटकपटक समय मागे पनि उनले बोल्न पाएका छैनन् ।

सदनमा गृहमन्त्रीलाई बोल्न दिने वातावरण बनाउन सभामुख घिमिरेले आज बिहानैदेखि पहल गरेका थिए । उनले विपक्षी दलका प्रमुख सचेतकहरूसँग तथा त्यसपछि सत्ता र विपक्षी दलहरूसँग संयुक्त छलफल गरेका थिए ।

बैठकमा सभामुख घिमिरेले पहिले गृहमन्त्रीका कुरा सुनौं, त्यसपछि थप छलफल गरौंला भनेपछि विपक्षी दलहरूले यस विषयमा थप छलफल गर्ने भनेर निस्किएका छन् ।

बैठकमा सहभागी नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आफूमाथि उठेका विषयमा प्रष्ट पार्न गृहमन्त्रीले समय मागेकाले बोल्न दिनुपर्ने बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours