गभर्नर पौडेलविरुद्धको रिट सर्वोच्चमा दर्ता

१३ जेठ, काठमाडौँ । सर्वोच्च अदालतमा मंगलबार नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध परेको रिट दर्ता भएको छ । पौडेलको नियुक्ति बदरको माग गर्दै परेको रिटमा बुधबारका लागि सुनुवाइ तोकिएको छ ।

पौडेलको नियुक्ति कानुनसम्मत नरहेको भन्दै खारेजीका लागि अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले रिट निवेदन दिएका हुन् ।

उनीहरूले पौडेललाई गभर्नर नियुक्त गर्ने सिफारिस र नियुक्ति दुवै गैरकानुनी रहेको दावी गरेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours