बजार अनुगमनलाई तिव्रता दिदै विभाग, एकै दिन २ लाख २० हजार जरिवाना

१२ जेठ, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तिव्रता दिएको छ । विभागले आइतबार मात्र काठमाडौँका बिभिन्न १३ ठाँउमा अनुगमन गरेर २ लाख २० हजार जरिवाना गरेको हो ।

विभागले ८ वटा आपूर्ति कर्ता तथा बिक्रेतालाई सामान्य निर्देशन दिएको छ । यस्तै दुईओटा व्यवसायीलाई कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले खरिद बिल बिजक नराखेकोमा एउटा बिक्रेताई १० हजार जरिवाना गरेको छ । यसैगरि रिलेवलिङ गरेर गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेकोमा एउटा बिक्रेतालाई २ लाख १० हजार नरिवाना गरिएको विभागले जनाएको छ ।

उपभोक्ताहरुलाई अधिकतम खुद्रा मूल्य भन्दा बढीमा समान बिक्री गरि ठग्ने क्रम बढेकोले एमआरपी केन्द्रित अभियान सञ्चालन गरेको विभागका सुचना अधिकारी जगदीश अर्यालको भनाई छ । उनले भने,‘ उपभोक्ताको अनुहार हेरेर कसैलाई २०० मा त कसैलाई २ हजार रुपैयाँ सम्म लिइरहेको भएकोले बजार अनुगमनलाई तीव्रता दिइएको छ । यस्तै गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेर गुणस्तरहिन वस्तुको बिक्री वितरण गरेको पाइएकोले बजार अनुगमनमा ध्यान केन्द्रित गनुपरेको उनको भनाई छ ।

उपभोक्ता ऐन २०७५ ले वस्तुमा अनिवार्य एम।आर।पी सहितको लेबल अनिवार्य राख्नुपर्ने भनिएको छ । तर अहिलेसम्म पनि एमआरपीराख्न बिक्रेताले मानिरहेका छैनन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours