पोखरा विमानस्थलको भ्रष्टाचार छानबिन गर्न लेखा समितिले पठायो अख्तियारलाई पत्र

१० जेठ, काठमाडौँ । सार्वजनिक लेखा समितिले पोखरा विमानस्थलमा भएको भ्रष्टाचार छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ ।

बुधबारको बैठकको निर्णय अनुसार उपसमितिको प्रतिवेदनमा रहेको सामान्य भाषिक त्रुटी सच्याएर पठाइएको समितिका सचिव एकराम गिरीले जानकारी दिए ।

लेखा समितिको बुधबार बसेको बैठकले समिति अन्तर्गत राजेन्द्र लिङ्देन नेतृत्वमा गठन भएको उपसमितिले तयार गरेको प्रतिवेदन र त्यसमा समावेश भएका थप राय समेत अख्तियारलाई पठाउँदै छानबिनका लागि निर्देशन दिने निर्णय गरेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours