यो वर्ष सरदरभन्दा बढी वर्षा, गर्मी र जाडो हुने

०७ जेठ, काठमाडौँ । यो वर्षको मनसुनमा देशका धेरैजसो स्थानमा औसतभन्दा बढी वर्षा हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागको हावापानी शाखाले बुधवार जारी गरेको हावापानी नुमानमा यो प्रक्षेपण गरिएको हो।

जेठ १८ देखि १४ सम्मको मनसुनका लागि जारी अनुमान प्रतिवेदनअनुसार यो वर्ष देशभर न्यूनतम र अधिकतम तापक्रम पनि औसतभन्दा बढी हुने सम्भावना छ।

विभागले विश्व मौसम संगठनको विश्वव्यापी र क्षेत्रीय जलवायु सूचना केन्द्रहरूको हावापानी अनुमान, दक्षिण एसियाली मौसमी जलवायु दृष्टिकोण फोरमको अनुमानका आधारमा यो प्रतिवेदन तयार गरेको हो।

यसैगरी, नेपालको मनसुनमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एल निनो र साउदर्न ओसिलेसन (इन्सो)’ र हिन्द महासागरमा विकसित हुने ‘इन्डियन ओसियन डिपोल’ को हालको अवस्था, जलवायु अनुमानहरू, युरोप र एसियामा गत हिउँद र प्रि-मनसुनमा परेको हिउँ र परिवर्तनशीलताका कारकहरूलाई समेत विचार गरिएको शाखाले जनाएको छ।

गत वर्ष २०८१ को मनसुनका लागि विभागले गरेको अनुमानअनुसार धेरैजसो स्थानमा औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको भनिएको थियो, र धेरैजसो स्थानमा बढी वर्षा मापन भएको विभागको भनाइ छ।यो वर्षको मनसुनमा देशका धेरैजसो स्थानमा औसतभन्दा बढी वर्षा हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागको हावापानी शाखाले बुधवार जारी गरेको हावापानी अनुमानमा यो प्रक्षेपण गरिएको हो।

जेठ १८ देखि १४ सम्मको मनसुनका लागि जारी अनुमान प्रतिवेदनअनुसार यो वर्ष देशभर न्यूनतम र अधिकतम तापक्रम पनि औसतभन्दा बढी हुने सम्भावना छ।

विभागले विश्व मौसम संगठनको विश्वव्यापी र क्षेत्रीय जलवायु सूचना केन्द्रहरूको हावापानी अनुमान, दक्षिण एसियाली मौसमी जलवायु दृष्टिकोण फोरमको अनुमानका आधारमा यो प्रतिवेदन तयार गरेको हो।

यसैगरी, नेपालको मनसुनमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एल निनो र साउदर्न ओसिलेसन (इन्सो)’ र हिन्द महासागरमा विकसित हुने ‘इन्डियन ओसियन डिपोल’ को हालको अवस्था, जलवायु अनुमानहरू, युरोप र एसियामा गत हिउँद र प्रि-मनसुनमा परेको हिउँ र परिवर्तनशीलताका कारकहरूलाई समेत विचार गरिएको शाखाले जनाएको छ।

गत वर्ष २०८१ को मनसुनका लागि विभागले गरेको अनुमानअनुसार धेरैजसो स्थानमा औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको भनिएको थियो, र धेरैजसो स्थानमा बढी वर्षा मापन भएको विभागको भनाइ छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours