बरुण हाइड्रोपावरले पायो हकप्रद शेयर निष्काशन अनुमति

०७ जेठ, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले बरुण हाइड्रोपावरलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १ बराबर १ अनुपात अर्थात् शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

यस अनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्रा हकप्रद शेयर निष्काशन गर्नेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours