विद्यालय परिसरभित्र बेवारिसे बम फेला

०७ जेठ, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा रहेको भगवती माध्यमिक विद्यालय परिसरमा दुई वटा सकेट बम फेला परेको छ । विद्यालयको भवन बनाउन जक खन्ने क्रममा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

बम भेटिएपछि प्रहरी चौकी नुवागाउँ र इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली त्यस स्थानमा पुगेको थियो । फेला परेको दुई वटै बमलाई लिवाङमा रहेको सूर्यदल गणबाट खटिएको सेनानी शङ्कर थापाको डिस्पाेजल टोलीले मङ्गलवार सुरक्षित स्थानमा डिस्पाेजल गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चापागाईँले जानकारी दिनुभयो ।

यस अघि २०७७ सालमा त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको जङ्गलमा बेवारिसे अवस्थामा भेटिएको बम बालबालिकाले खेलाउने क्रममा विस्फोट भएर चार जना बालबालिकाको ज्यान गएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours