गभर्नर सिफारिस समितिको बैठक सुरु

०६ जेठ, काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक केहीबेर अघि सुरु भएको छ ।

बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्ने बताइएको छ । प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सत्तारुढ दलमा सहमति जुटिसकेको छ ।

समितिमा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे छन् ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

सिफारिस समिति बैठक लगत्तै आजै मन्त्रिपरिषद् बैठक पनि बस्दैछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours