०६ जेठ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ ।
सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा यसअघि पनि पटक पटक पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको भन्दै सुनुवाइ हुन सकेको छैन ।
मंगबार भने दोस्रो नम्बरमै पेशी परेकाले सुनुवाइको पालो आउने सम्भावना रहेको छ । उनीसँगै सहकारी प्रकरणमा थुनामै रहेका पूर्वडीआईजी छविलाल जोशीको मुद्दा पनि न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा तोकिएको छ ।


+ There are no comments
Add yours