आइपीओ जारी गर्ने विषयमा छलफल गर्न मध्य ताराखोला हाइड्रोपावरले बोलायो विशेष साधारण सभा

०५ जेठ, काठमाडौँ । मध्य ताराखोला हाइड्रोपावरले आइपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आइपीओ जारी गर्ने विषयमा छलफल गर्न आगामी जेठ ११ गते आइतबार कम्पनीको रजिष्टर कार्यालय, बानपा २, बाग्लुङमा साधारण सभामा बोलाएको हो ।

यस्तै कम्पनीले आयोजना निर्माणको लागि प्रभु बैंकसँग थप ऋण लिने सम्बन्धमा पनि आवश्यक छलफल गर्ने बताइएको छ ।

साथै सभाले आयोजनाको कुल लागत वृद्धि गर्ने र कम्पनीको अधिकृत पुँजी र जारी पुँजी वृद्धि गर्ने विषयमा छलफल गर्नेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours